अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१६ | Colorodo: 10:31

नेपालमा कोरोना सङ्क्रमित भएका मध्ये थप २८३ जना निको भए

बिआरटीनेपाल २०७८ पुष १२ गते ७:०१ मा प्रकाशित

पछिल्लो २४ घण्टामा नेपालमा थप २१९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ जनाको मृत्यु भएको छ भने २८३ जना निको भएका छन् । आज थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ९ लाख २३ हजार ४०२ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सङ्क्रमितको संख्या ४ हजार ९०६ जना रहेका छन् ।

जस मध्ये ४ हजार ६७७ जना होम आइसोलेसनमा रहेका छन् भने २२९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७१ जना आईसीयू र २४ जना भेन्टिलेटरमा उपचाररत् छन् । यसैबीच, स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ लाख ६८ हजार ३१९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

हाल सम्म २ करोड ३७ लाख ४० हजार २९६ मात्रा कोरोना विरुद्धको खोप लगाइसकिएको छ । यसमध्ये १ करोड १ लाख ६६ हजार ५०४ जनाले पूर्ण मात्रा र १ करोड ३५ लाख ७३ हजार ७९२ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू