अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०० | Colorodo: 10:15

विदेशमा घुम्न जानेहरूलाइ दिदै आएको भिसामा कडाइ गर्न सांसदहरूको माग

बिआरटीनेपाल २०७८ पुष १२ गते ७:०० मा प्रकाशित

प्रतिनिधिसभाका सांसदहरूले घुम्नको लागि अर्थात भिजिट भिसामा भन्दै जानेहरूको हकमा कडाइ गर्नुपर्ने बताएका छन् । आज प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूले भिजिट भिसामा विदेश जाने र उतै बस्ने प्रचलन बढ्दा नेपालीहरूले दुःख पाउने गरेको बताएका छन् । त्यसका लागि भिजिट भिसामा कडाइ गर्न सरकारको ध्यानाकर्षण पनि उनीहरूले गराएका छन् ।

बैठकमा सांसद रामेश्वर राय यादवले भिजिट भिसाको नाममा विदेश जानेहरूले कानुनी व्यवस्थापन राम्रो नहुँदा दुःख पाउने गरेको धारणा राख्नुभयो । सांसद अमृतादेवी अग्रहरीले भाषा तथा कामको प्रशिक्षण लिएर मात्रै विदेश जानुपर्ने बताउदै जथाभावी भिसा लगाएर विदेश जाने र उतै बस्ने गर्दा दुःख पाइने बताउनुभएको थियो । त्यसैले यसलाइ व्यवस्थित गर्नुपर्नेमा उहाँको जोड थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले क्षमतावान् कामदार पठाउन नसक्दा वैदेशिक रोजगारको व्यवसाय नै धरापमा परेको बताउदै त्यसको लागि सातै प्रदेशमा ट्रेनिङ सेन्टर स्थापना गर्न लागिरहेका जानकारी दिनुभयो । सचिव अर्यालले भिजिट भिसालाई व्यवस्थित गर्न यस सँग सम्बन्धित सरकारी निकायहरू गृह मन्त्रालय, अध्यागमन, नेपाल प्रहरी, परराष्ट्र मन्त्रालय, पर्यटन, श्रम मन्त्रालय लगायतका उच्च पदाधिकारीहरू बसेर देखिएका विकृति र विसङ्गति हटाउनुपर्ने धारणा राख्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू