अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१७ | Colorodo: 10:32

प्रधानन्यायाधीश राणाविरुद्ध नागरिक अभियन्ताद्धारा सम्पत्ति शुद्धीकरणमा उजुरी

बिआरटीनेपाल २०७८ पुष ११ गते ७:४१ मा प्रकाशित

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको सम्पत्ति छानबिन मागसहित नागरिक अभियन्ताहरुले सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दिएका छन् ।डा. गोविन्द केसीसहितका नागरिक अभियन्ताहरुको एक टोली जबराको सम्पत्ति खोजबिन र अनुसन्धान मागसहित उजुरी लिएर विभागमा पुगेको हो ।

नागरिक अभियन्ताहरुले विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईसमक्ष छानबीनको माग गर्दै ध्यानाकर्षणपत्र बुझाएका हुन् ।टोलीमा डा. गोविन्द केसी, नारायण वाग्ले, खगेन्द्र संग्रौला, मोहना अन्सारी र अधिवक्ता ओमप्रकाश अर्याल लगायत रहनुभएको छ । जबराविरुद्ध अनुसन्धान अघि बढाउने पहलका लागि नेपाल बार एसोसिएसनले ढिलाइ गरेपछि आफूहरु आउनु परेको अधिवक्ता अर्यालले बताउनुभयो ।

विभागले आफुहरुको मागमाथि सुनुवाइ गर्दै जबराको सम्पत्ति खोज्ने विश्वास लिएको उहाँले उल्लेख गर्नुभयो । जबराले परिवारका अन्य सदस्यका नाममा विभिन्न ठाउँमा लगानी गरेको र अवैध सम्पत्ति लुकाएको आरोप उजुरीमा छ । विभागका महानिर्देशक भट्टराईले अभियन्ताहरुको उजुरी दर्ता गरेर अनुसन्धान अघि बढाउने बताउनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू