अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५९ | Colorodo: 10:14

ज्येष्ठ नागरिक दिवस– सत्यमोहन जोशी र कृष्णा ताम्राकारलाई ज्येष्ठ नागरिक सम्मान

बिआरटीनेपाल २०७८ पुष ११ गते ७:४० मा प्रकाशित

सरकारले प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाएको छ ।आइतबार शीतलनिवासमा शताब्दी पुरुष सत्यमोहन जोशी, वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारलगायत ज्येष्ठ नागरिकलाई सम्मान गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको शुभारम्भ गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले कतिपय ज्येष्ठ नागरिकले अवहेलना र दुव्र्यवहार व्यहोर्नुपरेको भन्दै सम्मानित वर्गलाई आघात पु¥याउने यसप्रकारका प्रवृत्ति निरुत्साहित गरी सभ्य समाज निर्माणमा क्रियाशील हुन आह्वान गर्नुभयो । ज्येष्ठ नागरिकको सम्मानकै लागि सरकारले सामाजिक सुरक्षा भत्ता, सार्वजनिक क्षेत्रका विभिन्न सेवामा सुविधा दिएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले सरकारले पहिलोपल्ट ज्येष्ठ नागरिकहरुको सम्मान प्राप्त गरेकोमा खुशी प्रकट गर्दै यो नेपालको इतिहासमा स्मरणीय रहने बताउनुभयो । जोशीले सादा जीवन उच्च विचार लिएर जीवनलाई सन्तोषमय बनाउन सुझाव दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू