अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२३ | Colorodo: 08:38

माओवादीले गरिब, दुःखीका एजेन्डा नछाडोस् – लोसपा नेता अनिलकुमार झा

बिआरटीनेपाल २०७८ पुष ११ गते ७:३४ मा प्रकाशित

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता अनिलकुमार झाले माओवादीको १० वर्षे जनयुद्धले धेरै विषयमा परिवर्तन ल्याए पनि अझै गर्नुपर्ने धेरै कुरा बाँकी रहेको बताउनुभएको छ । माओवादी केन्द्रको महाधिवेशनलाई आज आइतवार शुभकामना दिँदै नेता झाले माओवादीको जनयुद्धलाई आफूहरूले कहिल्यै पनि अपमान नगरेको तर अहिले माओवादीले मूल एजेन्डा बिर्सँदै गएको बताउनुभयो ।

शोषित, पीडित नागरिकका लागि आन्दोलन गरेको माओवादीले अहिले एजेन्डा छाड्दै गएकोमा दुःख लागेको झाले बताउनुभयो । आफूहरूले मधेश आन्दोलन गर्दा प्रचण्डसहितका नेताहरूले नै नजरअन्दाज गरेको, मधेशका मुद्दालाई संविधानले सम्बोधन नगरेको लगायतका विषयमा पटक–पटक माग गर्दा पनि पूरा नभएको झाको भनाइ छ । झाले माओवादीले गरिब, दुःखीका एजेन्डा नछाडोस् भने शुभकामना पनि दिनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू