अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३० | Colorodo: 07:45

महाधिवेशनमा माओवादीले देशको स्वाधीनता जोगाउने विषयमा छलफल गरोस् – राप्रपा महामन्त्री कुन्ती शाही

बिआरटीनेपाल २०७८ पुष ११ गते ७:३१ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालकी महामन्त्री कुन्ती शाहीले माओवादीको महाधिवेशनमा देशको स्वाधीनताको विषयमा गम्भीर छलफल हुनुपर्ने बताउनुभएको छ ।

महाधिवेशनमा आज आइतवार शुभकामना दिन पुग्नुभएकी महामन्त्री शाहीले अहिले पनि लाखौँ युवा विदेशमा दुःख गर्न बाध्य रहेको, देशमा अस्थिरताको कालो बादल मडारिएको, देशको स्वाधीनता खतरामा परेको अवस्थामा माओवादीको महाधिवेशनले एउटा नयाँ निष्कर्ष निकाल्नुपर्ने बताउनुभयो ।

राप्रपा र माओवादीबीच विचार र वादमा फरक भए पनि स्वाधीनता र देशको रक्षा गर्ने सवालमा एकै ठाउँमा उभिनुपर्ने राप्रपाकी महामन्त्री शाहीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू