अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२१ | Colorodo: 09:36

एमसीसी राष्ट्रघाती होइन, नेपालको हितमा छ – प्रधानमन्त्री देउवा

बिआरटीनेपाल २०७८ पुष ११ गते ७:२९ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) पास गर्ने बताउनुभएको छ । प्रधानमन्त्री देउवाले आइतबार नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन कार्यक्रमा सम्बोधन गर्दै एमसीसी राष्ट्रघाती नभएको बताउनु भएको हो । उहाँले एमसीसीका बारेमा विरोध गर्नुभन्दा पहिले राम्रोसँग अध्ययन गर्ने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले आफुले एमसीसीको बारेमा अध्ययन गर्दा कतै राष्ट्रघात सम्बन्धी विषय नभेटेको बरु नेपालको हितका बारेमा रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले ‘म पनि राष्ट्रका लागि लडेको मान्छे प्रधानमन्त्री हुँ । म राष्ट्रघातको पक्षमा जान्छु होला,’ भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू