अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२० | Colorodo: 08:35

नयाँ रूपमा देखिएको प्रतिगमन परास्त गर्न माओवादीको ठूलो भूमिका रहन्छ – जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेल

बिआरटीनेपाल २०७८ पुष ११ गते ७:३० मा प्रकाशित

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले माओवादीको महाधिवेशनले देशकै भविष्यमा ठूलो भूमिका खेल्ने बताउनुभएको छ । माओवादी केन्द्रको महाधिवेशनलाई आज आइतवार शुभकामना दिँदै उपाध्यक्ष पौडेलले माओवादीले लिने निर्णयले पार्टीको मात्रै नभइ देशकै राजनीतिमा महत्त्व राख्ने बताउनुभयो । नागरिकको लामो सङ्घर्ष र बलिदानबाट आएको गणतन्त्र, धर्मनिरपेक्षता लगायतका उपलब्धि खतरामा परेको अवस्थामा माओवादीले महत्त्वपूर्ण निर्णय लिनुर्पेमा पौडेलले जोड दिनुभयो ।

अहिले प्रतिगमन फरक रूपमा आएर लोकतन्त्रमा आक्रमण भइरहेको र त्यसलाई असफल पार्न माओवादीसहित पाँच दलीय गठबन्धन बनाइएको र त्यसलाई बलियो बनाउनुपर्ने पौडेलले बताउनुभयो । नयाँ रूपमा देखिएको प्रतिगमन परास्त गर्न माओवादीले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलको भनाइ छ । उपाध्यक्ष पौडेलले माओवादी केन्द्रले गठबन्धन कायम राख्ने सम्बन्धमा पनि महाधिवेशनबाट निर्णय लिनुपर्ने बताउनुभयो । उहाँले महाधिवेशनले एमसीसीलाई खारेज गर्न निर्णय लिने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू