अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१९ | Colorodo: 08:34

क्रान्तिकारी माओवादी नेता सिपी गजुरेलद्धारा माओवादी केन्द्रसँग पार्टी एकताको प्रस्ताव

बिआरटीनेपाल २०७८ पुष ११ गते ७:१८ मा प्रकाशित

नेकपा क्रान्तिकारी माओवादी नेता सिपी गजुरेलले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको प्रस्ताव गर्नुभएको छ । माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले पार्टी एकताका लागि माओवादी सशस्त्र विद्रोहले तय गरेका एजेन्डा स्थापित गराउनेदेखि एमसीसी खारेज गर्ने निर्णय गर्न माग गर्नुभयो ।

‘माओवादी जनक्रान्तिले तय गरेका एजेन्डा कार्यान्वयन गर्ने, राष्ट्रघाती एमसीसी खारेज गर्ने निर्णय गर्नुहोस्,’ उहाँले भन्नुभयो, ‘यी निर्णय भयो भने माओवादी एकताका लागि छलफल गर्ने बाटो खुल्नेछ।’ सम्बोधनको क्रममा माओवादीको महाधिवेशन सफलताको शुभकामना दिँदै उहाँले पार्टी एकतामा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू