अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५३ | Colorodo: 09:08

एउटा लक्ष्यको लागि आन्दोलन गरेको माओवादी अहिले अन्तै मोडिएको छ – माले महासचिव सीपी मैनाली

बिआरटीनेपाल २०७८ पुष ११ गते ७:१८ मा प्रकाशित

नेकपा मालेका महासचिव सीपी मैनालीले माओवादीले नयाँ विचार लिएर नवजीवन पाओस् भनेर शुभकामना दिनुभएको छ ।माओवादी केन्द्रको महाधिवेशनलाई आज आइतवार शुभकामना दिँदै उहाँले विगतका कैयौँ आन्दोलनको उपलब्धि रक्षा गर्न र नागरिकका आधारभूत आवश्यकता पूरा गर्न माओवादी केन्दित हुनपर्ने बताउनुभयो । विश्व चर्चित आन्दोलनबाट आएको माओवादीले नागरिकका कैयौँ प्रश्नको सम्बोधन गर्नुपर्ने मैनालीको भनाइ छ ।

माओवादीले एउटा लक्ष्यको लागि आन्दोलन गरे पनि अर्कै बाटो समातेकाले आम नागरिकमा नमेटिने गरी जिज्ञासा उठेको मैनालीले बताउनुभयो । ‘माओवादीले लिएको लक्ष्यलाई केले अपहरण गर्योे, या त्यो लक्ष्य नै गलत थियो, अब माओवादीले जवाफ दिनुपर्ला’, मैनालीले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू