अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०० | Colorodo: 09:15

विकृति र विसंगतिको अन्त्य गर्न राजनीतिक दलको ध्यान गएन – अध्यक्ष माधव नेपाल

बिआरटीनेपाल २०७८ पुष ११ गते ७:१५ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा रहेका असमानता, विकृति र विसंगति अन्त्य गर्ने कुरामा राजनीतिक दलको ध्यान केन्द्रित हुनुपर्ने बताउनु भएको छ ।आइतबार नेकपा (माओवादी केन्द्र) को आठौं महाविधेशनमा बोल्दै अध्यक्ष नेपालले देशमा रहेका असमानता, विकृति र विसंगति अन्त्य गर्ने कुरामा राजनीतिक दलको ध्यान केन्द्रित हुनुपर्ने बताउनु भएको हो ।

उहाँले राजनीतिक दलहरु शोषण, उत्पीडनलाई समाप्त पार्ने कुरा, जनताको पीडा र वेदनाहरुलाई सम्बोधन गर्ने कुरामा केन्द्रित हुनसके मात्र आफूलाई लोकतान्त्रिक, वामपन्थी, कम्युनिष्ट भन्न सकिने बताउनुभयो ।अध्यक्ष नेपालले जनताको विश्वास जित्न कुरा गरेर मात्र पर्याप्त नहुने भन्दै काम र व्यवहरलाई जनताले अनुभूत हुने गरी राजनीतिक दलहरुले काम गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष नेपालले भ्रष्टाचारलाई निमिटुयान्न नपारेसम्म राजनीतिक दलहरुले जनताको मन जित्न नसकेको भन्दै परिवर्तन, नेपाली जनताको हीतको लागि हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू