अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०० | Colorodo: 09:15

यो हप्ता चिसो बढ्ने – मौसमविद्, तातो न्यानो भएर बस्न सुझाव

बिआरटीनेपाल २०७८ पुष १० गते ६:२९ मा प्रकाशित

यो हप्ता चिसो बढ्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् । पश्चिमी वायुको प्रभावले यो हप्ता दिउँसो घाम लाग्दै बादल लाग्ने देखिएकाले चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार दिउँसो घाम लाग्दै बादल लाग्ने भएकाले अधिकतम तापक्रम पनि घटेर चिसो बढ्ने छ ।

अहिलेको अवस्था हेर्दा आउँदो मंगलबार र बुधबारलाई काठमाडौंसहित देशका पहाडी भूभागमा हल्का पानी पर्ने देखिएको उहाँले बताउनुभयो । पश्चिमी वायुको प्रभावले आज पनि देशका धेरै ठाउँमा घाम लाग्दै बादल लागेको मौसमविद् पौडेलले जानकारी दिनुभयो । यसले चिसो बढ्ने भएकाले तातो न्यानो भएर बस्न पनि उहाँले सबैलाई सुझाव दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू