अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२३ | Colorodo: 08:38

राष्ट्रिय स्वाधिनता शर्तमा साट्न सकिँदैन, एमसीसी रोक्न सशक्त आवाज उठाउनुपर्छ – एमाले नेता रावल

बिआरटीनेपाल २०७८ पुष १० गते ६:२८ मा प्रकाशित

नेकपा (एमाले)का नेता भीम रावलले एससीसीको विरोधमा सशक्त ढंगले आवाज उठाउनुपर्ने बताउनुभएको छ ।शनिबार काठमाडौंमा आयोजित ‘अमेरिकी लोकतन्त्रको यथार्थ र एमसीसी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका रावलले एमसीसी संसदबाट पारित भए मुलुकमा समानान्तर सरकार बन्ने खतरा रहेको औंल्याउँदै त्यसलाई रोक्न सबैले आवाज उठाउनुपर्ने बताउनुभयो ।

नेता रावलले एमसीसी संशोधन विनानै संसदबाट पारित गरिए त्यसले मुलुकलाई शक्ति राष्ट्रहरूको द्वन्द्व र संघर्षमा परिणत गर्ने चेतावनी समेत दिनुभयो । उहाँले कुनै पनि देशभक्त नेपालीले त्यो सम्झौंता मान्न नसक्ने अडान पनि दोहोर्याउनुभयोे ।

नेता रावलले एमसीसी सम्झौंता संशोधन गरेर भने अघि बढाउन आफू पनि सहमत रहेको बताउनुभयो । नेपालकै कतिपय नेताहरूले सो सम्झौता संशोधन विना नै अघि बढाउनुपर्छ भनेको देखेर आफूलाई आश्चर्य लागेको नेता रावलको भनाई छ । नेता रावलले मुलुकको सार्वभौमिकतामाथि आँच आउने खालका कुनै पनि सम्झौंता नेपालका लागि स्वीकार्य हुनै नसक्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू