अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५९ | Colorodo: 10:14

माओवादीको केन्द्रीय समिति बैठक भोलि बस्ने

बिआरटीनेपाल २०७८ पुष १० गते ६:२६ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक भोलि बस्ने भएको छ । आइतबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठक बस्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।आइतबारदेखि माओवादीको प्रथम राष्ट्रिय सम्मेलन हुँदैछ ।

सम्मेलन राजधानीको कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । प्रवक्ता महराले आइतबार दिउँसो १ बजे सम्मेलन सुरु हुने जानकारी दिनुभयो । सम्मेलनको तयारीस्वरुप आज दिउँसो बसेको स्थायी समिति बैठकमा सहभागी हुने प्रतिनिधिका सम्बन्धमा छलफल भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू