अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२२ | Colorodo: 09:37

पार्टी रुपान्तरण गरेर अघि बढ्ने– माओवादी अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७८ पुष १० गते ६:२५ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी रुपान्तरण गरेर अघि बढ्ने बताउनुभएको छ । आज सोनाम साथीको प्रथम स्मृती सभामा सम्बोधन गर्दै उहाँले भोलिदेखि सुरु हुन लागेको राष्ट्रिय सम्मेलनले पार्टी रुपान्तरण गरेर अघि बढ्ने बताउनुभएको हो । उहाँका विभिन्न विचार र विकासलाई क्रान्तिकारी रुपान्तरणमा लैजाने स्पष्ट पार्नुभयो ।

चार महिनामा झण्डै ८ लाख सदस्यता नविकरण गरेर सङ्गठित पार्टी निर्माण गरेको दाबी गर्दै उहाँले राष्ट्रिय सम्मेलन मार्फत नयाँ कार्यदिशा, जनतासँग जोडिने नयाँ कार्यक्रम प्रस्ताव गर्ने जानकारी पनि दिनुभयो । प्रचण्डले युद्ध र आन्दोलनको बेलामा जस्तै समाजवाद निर्माणको सम्बन्धमा पनि जनतासँग सँगै अघि बढ्ने बताउनुभयो ।

जनयुद्धदेखि खुला राजनीतिसम्म कहाँ त्रुटी भयो भन्ने विषयमा आफूबाटै आत्मसमीक्षा शुरु गरेको उहाँको भनाइ छ । माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन भोलि काठमाण्डौँको प्रज्ञा प्रतिस्ठानमा सुरु हुँदैछ । सम्मेलनमा प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू