अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५५ | Colorodo: 05:10

हैटीमा इन्धन बोकेको ट्यांकर विष्फोट हुँदा कम्तिमा ६० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोक घोषणा

बिआरटीनेपाल २०७८ मंसिर २९ गते ६:४४ मा प्रकाशित

क्यारेवियन मुुलुक हैटीमा इन्धन बोकेको ट्याकर बिस्फोट हुँदा ६० जनाको मृत्यु भएपछि तीन दिनको शोक घोषणा गरिएको छ । क्याप हाइटिएन शहरमा गुडिरेको इन्धन सहितको ट्याकरबाट इन्धन चुहिएर बिस्फोट भएको हो ।

ट्यांकरबाट चुहिएको इन्धन लिन सर्वसाधारणको भीड लागेको बेला ट्यांकर बिस्फोट हुँदा ६० जनाको मृत्यु भएको हो । घटनामा दर्जनौ घाइते भएका छन् । घाइतेहरु पुरै जलेको अवस्थामा रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

हैटीका प्रधानमन्त्री एरियल हेनरीले दुर्घटनापछि सम्पुर्ण क्यारेबियान राष्ट्र शोकमा डुबेको भन्दै ३ दिनको शोक घोषणा गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू