अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३८ | Colorodo: 08:53

कश्मिरमा ड्युटीबाट फर्कंदै गरेका प्रहरीमाथि आतंकवादी हमला – दुई प्रहरीको घटनास्थलमै मृत्यु

बिआरटीनेपाल २०७८ मंसिर २८ गते ६:५० मा प्रकाशित

कश्मिरको श्रीनगरमा प्रहरी सवार बसलाई लक्षित गरी गोली प्रहार हुँदा २ जना प्रहरीको घटना स्थलमा नै मृत्यु भएको छ । घटनामा १२ प्रहरी घाइते भएका छन् । मोटरसाइकलमा आएका आतंकबादीहरुले बसलाई चारैतिरबाट घेरा हाली अन्धाधुन्ध गोली प्रहार गरी फरार भएका छन् । आफनो कार्यक्षेत्रबाट प्रहरी चौकी फर्किने क्रममा उनीहरुमाथि गोली प्रहार भएको हो ।

श्रीनगरमा प्रहरीलाई हतियार सुबिधा नदिएका कारण उनीहरु जवाफी प्रहार गर्नबाट बन्चित रहेको जनाइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुख ब्यक्त गर्दै त्यस्तो घृणित कार्यमा संलग्न जो कोहीलाई कानुनी दायरामा ल्याउने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू