अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०८ | Colorodo: 14:23

इन्डोनेसियामा ७ दशमलव ४ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी

बिआरटीनेपाल २०७८ मंसिर २८ गते ६:३७ मा प्रकाशित

इन्डोनेसियामा ७ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको छ । दक्षिणी सुलावेसी प्रान्त केन्द्रविन्दु भएर स्थानीय समय अनुसार बिहान साढे १० बजे ७ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । भूकम्पले पारेको क्षतिबारे केही पनि जानकारी आएको छैन । यसअघि अस्ति आइतबार राति पनि मालुकु प्रान्त केन्द्रविन्दु भएर ५ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू