अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३८ | Colorodo: 22:53

रसियामा फैलिएको कोरोनाको सङ्क्रमण कम हुन सकेन

बिआरटीनेपाल २०७८ मंसिर १८ गते ६:५१ मा प्रकाशित

कोरोना भाइरसको नयाँ स्वरुप ओमिक्रोनको चिन्ता रहिरहेका समयमा रसियामा देखिएको कोरोनाको सङ्क्रमण कम हुन सकेको छैन । रसियामा दैनिक कोरोनाका कारण १२ सय भनदा बढिको मृत्यु भइरहेको छ । आज मात्रै पनि रसियामा कोरोनाको कारण १२ सय १५ जनाको मृत्यु भएको छ । आज मात्रै हाल सम्मको अबधिमा रसियामा ३२ हजार ९ सयमा सङ्क्रमण देखिएको छ ।

ओमिक्रोनको नयाँ सङ्क्रमणको डर भइरहेको समयमा रसिया लगाएत केही देशमा पुरानो भेरियन्टकै रोकथाम गर्न सकिएको छैन । यसैबीच, विश्वभर कोरोना भाइरस कोभिड १९ का कारण ५२ लाख ६१ हजार १ सय ७५ जनाको मृत्यु भएको छ । हाल सम्म विश्वभर कोरोनाका कारण २६ करोड ५३ लाख मानिसहरु सङ्क्रमित भइसकेका छन् । सङ्क्रमति भएका मध्यमा पनि २३ करोड ९१ लख मानिसहरु भने उपचार पछि निको भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू