अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२२ | Colorodo: 19:37

अफगानिस्तानका पूर्वराष्ट्रपति कारजाई भन्छन्, ‘तालिबानी हाम्रा दाजुभाइ हुन्, पलायन भएकाहरू घर फर्कनुस्’

बिआरटीनेपाल २०७८ मंसिर १७ गते ७:१४ मा प्रकाशित

अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कारजाईले अफगानिस्तानबाट पलायन भएका अफगानी नागरिकलाई स्वदेश फर्कन आह्वान गर्नुभएको छ ।तालीवानी विद्रोहीले सत्ता हत्याएपछि छिमेकी देश ताजकिस्तान पलायन हुनुभएका पूर्वराष्ट्रपति कारजाईले तालीवानीहरू आफनो दाजुभाइ सरह भएको भन्दै उनीहरूसँग मिलेर अफगानिस्तानको जनजीवन सामान्य बनाउन अपिल गर्नुभयो ।

‘तालिबानहरु हाम्रा दाजुभाइ सरह हुन्,’ बीबीसीसँगको साक्षात्कारमा उहाँले भन्नुभयो, ‘हामी मिलेर देशको जनजीवन सामान्य बनाउनुपर्छ ।’ पूर्वराष्ट्रपति कारजाईले तालीवानीहरूले महिलाको शिक्षा नितीमा ल्याएको परिवर्तनको प्रशंसासमेत गर्नुभयो । आफू पनि स्वदेश फर्केर तालिबानीहरूसँग मिलेर काम गर्ने इच्छा भएको भन्दै उहाँले चाँडै स्वदेश फर्कने संकेत गर्नुभयो ।

साथै उहाँले अमेरिकालाई अफगानिस्तानको हितको लागि काम गर्न अपिलसमेत गर्नुभयो । यद्यपि उहाँले आफू कहिले स्वदेश फर्कने भन्नेबारे केही खुलासा गर्नुभएन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू