अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२६ | Colorodo: 23:41

स्वेडेनकी प्रधानमन्त्री एन्डर्सनद्धारा १२ घण्टामै राजीनामा

बिआरटीनेपाल २०७८ मंसिर ९ गते ७:०३ मा प्रकाशित

स्वीडेनमा इतिहासमै पहिलो पटक महिला प्रधानमन्त्री बन्नुभएकी माग्दालिना एन्डर्सनले १२ घण्टा नबित्दै राजीनामा दिनुभएको छ ।गठबन्धनमा रहेको ग्रीन पार्टीले बजेटमा साथ नदिएपछि सोसल डेमोक्रेट पार्टीकी नेता रहेकी एन्डर्सनले राजीनामा दिनुभएको हो । तर, उहाँले सभामुख समक्ष आफूले सोसल डेमोक्रेटको एकल सरकार बनाउने भन्दै पुनः प्रधानमन्त्री नियुक्त गर्न आग्रह गर्नुभएको छ ।

सभामुखले भने संसदमा रहेका आठ वटै पार्टीसँग छलफल गरेपछि निर्णय लिने बताउनुभएको छ । संसदमा सरकारले ल्याएको बजेट भन्दा बढी मत दक्षिणपन्थी पार्टीले प्रस्तुत गरेको बजेटमा परेपछि प्रधानमन्त्री एन्डर्सनले राजीनामा दिनुपरेको हो ।

राजीनामा दिएपछि एन्डर्सनले २०२२ सेप्टेम्बरमा हुने अगामी निर्वाचनमा आफ्नो पार्टी सोसल डेमोक्रयाटिकले बहुमत ल्याउने र पुनः प्रधानमन्त्री बन्ने दाबी गर्नुभएको छ । स्वीडेनमा महिलालाई मतदान गर्ने अधिकार दिएको १०६ वर्षपछि बुधबार प्रधानमन्त्रीमा ५४ वर्षीय सोसल डेमोक्रयाट नेतृ एन्डर्सन नियुक्त हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू