अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:००
| Colorodo: 13:15
एकीकृत समाजवादीका नेता राजेन्द्र राई प्रदेश १ सरकारको मुख्यमन्त्री नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारीले संविधानको धारा १६८ को २ अनुसार राईलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । आज दिउँसो १ बजे सम्मका लागि दाबी पेश गर्न प्रदेश प्रमुखले दिएको समय सीमा अनुसार राइले हिजो नै ४९ जना सांसदको समर्थन सहित आफ्नो दावी पेश गर्नुभएको थियो ।
समयावधि सकिएसँगै प्रदेश प्रमुख अधिकारीले प्रदेश १ को मुख्यमन्त्रीको रुपमा राईलाई नियुक्त गर्नुभएको हो । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले हिजो मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि राइलाइ मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । नवनियुक्त मुख्यमन्त्री राईले पहिले विश्वासको मत लिएर मात्र मन्त्रिपरिषद विस्तार गर्ने बताउनुभएको छ ।