अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२७ | Colorodo: 22:42

’भ्याक्स’ बन्यो अक्सफोर्ड शब्दकोशको ’वर्ष शब्द’

बिआरटीनेपाल २०७८ कार्तिक १५ गते ७:५१ मा प्रकाशित

अक्सफोर्ड अङ्ग्रेजी शब्दकोश (ओईडी) का सङ्कलकहरूले ’भ्याक्स’ लाई वर्ष शब्दको रूपमा छनोट गरेको छ । कोभिडका कारण सन् २०२१ मा खोपसँग सम्बन्धित शब्दको प्रयोग बढेको जसमा ’डबल–भ्याक्स्ड’, ’अन–भ्याक्स्ड’ र ’एन्टी–भ्याक्सर’ जस्ता शब्दहरूको प्रयोग पनि बढ्दा ’भ्याक्स’ लाई वर्ष शब्दका रूपमा छानिएको ओईडीले जनाएको छ ।

आईडीकी वरिष्ठ सम्पादक फियोना म्याकपर्सनले ’भ्याक्स’ शब्दले सबैभन्दा प्रभाव पारेको हुनाले यो नै वर्ष शब्दका लागि स्पष्ट विकल्प भएको बताउनुभयो । ‘यो शब्दको प्रयोग सन् १९८० ताका व्यापक प्रयोग भएको भए पनि गएको वर्षको अघिसम्म यसको प्रयोग त्यति व्यापक भएको थिएन’, उहाँले भन्नुभयो ।

महामारीका क्रममा यो शब्दको प्रयोग ५७ हजार प्रतिशतले बढेको छ । सन् २०२० मा कोलिन्सले ’लकडाउन’ लाई वर्ष शब्दको रूपमा छनोट गरेको थियो भने अक्सफोर्ड ल्याङ्गवेजले एकभन्दा धेरै शब्द– ’लकडाउन’, ’बुस फायर’, ’कोभिड–१९’, ’ब्ल्याक लिभ्स म्याटर’, ’वर्क फ्रम होम’, ’किवर्कर’ र ’फलोह’ लाई छनोट गरेको थियो ।

’भ्याक्स’ शब्द सन् १७९९ मा पहिलो पटक अङ्ग्रेजीमा दर्ता भएको थियो भने यसका ’डेरिभेटिभ भ्याक्सिनेट’ र ’भ्याक्सिनेशन’ दुवै सन् १८०० मा आएको थियो । यी दुवै शब्द ल्याटिन भाषाको ’भाका’ बाट आएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू