अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३६ | Colorodo: 23:51

तालिबान सर्वोच्च नेता पहिलो पटक सार्वजनिक रूपमा देखा परे

बिआरटीनेपाल २०७८ कार्तिक १४ गते ८:१९ मा प्रकाशित

तालिबान सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादा पहिलो पटक सार्वजनिक रूपमा देखा परेका अधिकारीहरूले आज आइतवार घोषणा गरेका छन् । उनले अफगानिस्तानको दक्षिण भागमा पर्ने कान्दाहार प्रान्तमा समर्थकहरूलाई सम्बोधन गरेका समाचार संस्था एएफपीले जनाएको छ ।

अखुन्दजादा सन् २०१६ देखि इस्लामवादी आन्दोलनको प्रमुख रहँदै आएका थिए । तर गएको अगस्टमा उनको समूहले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि पनि उनी सवार्वजनिक रूपमा देखा परेका थिएनन् ।

तालिबान सरकारमा उनको भूमिकाको बारेमा अनुमान लगाइएको छ । यद्यपि उनको मृत्युको अफवाह पनि फैलिएको थियो । तालिबान अधिकारीहरूका अनुसार हिजो शनिवार उनले दारुल उलूम हकिमाह मदरसाको भ्रमण गर्दै आफ्ना लडाकु चेलाहरूसँग कुरा गरेका तालिबान अधिकारीहरूले बताएका थिए ।

सन् २०१६ मा अमेरिकी ड्रोन आक्रमणमा परि तालिबानका प्रमुख नेता मुल्लाह अख्तर मन्सुर मारिएपछि अखुन्दजादालाई सत्ताको द्रुत सङ्क्रमणकालमा तालिबानको नेता नियुक्त गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू