अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२५ | Colorodo: 23:40

सुडानमा सैन्य ‘कु’ विरोधमा देशभर प्रदर्शन, गोली चलाउँदा ७ जना मारिए

बिआरटीनेपाल २०७८ कार्तिक ९ गते ७:४२ मा प्रकाशित

अफ्रिकी मुलुक सुडानमा सैनिक कु पछी चर्केको आन्दोलनमा ७ जनाको मृत्यु भएको छ भने १ सय ४० जना घाइते भएका छन् । सेनाले देशका प्रधानमन्त्री र अन्तरिम सरकारका मन्त्रीहरुसहित कैयौं सदस्यहरुलाई गिरफ्तार गरी सत्ता हत्याएपछी राजधानी खार्तुममा हजारौं प्रदर्शनकारी सडकमा उत्रिएका हुन् ।

प्रदर्शनमा सहभागीहरुले सडकमा टायर बाली बिरोध जनाउनुका साथै भौतिक सम्पतीमा आगजनी गरेपछी सेनाले गोली प्रहार गर्नुका साथै अन्धाधुन्ध लाठी चार्ज गर्दा स्थिती नाजुक बनेको छ । सुडानको सेनाले अमेरिकाका विशेष प्रतिनिधिको उपस्थितिमा सत्तारुढ परिषदसँग सम्झौतापछि पनि सत्ता कब्जामा लिएको हो ।

सेनाले देशको सरकारी टिभी र रेडियो मुख्यालयलाई आफ्नो नियन्त्रणमा लिएको छ । सत्ता कब्जा लगत्तै प्रधानमन्त्री लगाएत सरकारका जिम्मेवार पदमा रहेकाहरुलाइ गिरफ्तार गरेपछी हजारौं प्रदर्शनकारीहरु सडकमा उत्रेका हुन् ।

उनीहरुले नागरिक शासन फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताएका छन् । सुडानमा ३० वर्षदेखि राज गरिरहेको ओमर अल बशीरलाई सत्ताबाट हटाएपछि दुई वर्षअघि अन्तरिम सरकार अस्तित्वमा आएको थियो । त्यही बेलादेखि सेना र नागरिक सरकारबीच टकरावको स्थिति बनिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू