अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१० | Colorodo: 19:25

मुगु बस दुर्घटना : ज्यान गुमाउनेकाे सङ्ख्या ३२ पुग्याे, ११ जनाकाे उपचार जारी

बिआरटीनेपाल २०७८ असोज २६ गते ६:१३ मा प्रकाशित

मुगुमा बस दुर्घटना हुँदा ३२ जनाको ज्यान गएको छ । नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढीका लागि छुटेको भे १ ख ३१६७ नम्बरको बस दिउँसो १२ बजेतिर छायाँनाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटनामा परेको थियो ।प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगञ्जमा उपचारको क्रममा ज्यान गएको  हो ।

ज्यान गुमाउनेमा २२ जना पुरुष र १० जना महिला छन् । घाइते भएकाहरूलाई नेपाली सेना र समिट एअरको हेलिकप्टरबाट उद्धार गरेर नेपालगञ्जका अस्पतालमा पुर्‍याइएकाे प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले उज्यालोलाई जानकारी दिनुभयो । अहिले ११ जनाकाे उपचार चलिरहेकाे उहाँले बताउनुभयाे ।  मृतकलाई अस्पतालसम्म लैजान समस्या रहेकाले भोली विहानसम्म मात्रै सबैको सनाखत गर्न सक्ने सम्भावना रहेको उहाँले बताउनुभयो । बस भीरबाट निकै तल खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू