अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३७ | Colorodo: 08:52

पारिश्रमिक नपाएको भन्दै पत्रकारद्धारा माइतीघरमा प्रदर्शन

बिआरटीनेपाल २०७८ असोज २० गते ८:०० मा प्रकाशित

विभिन्न सञ्चारगृहमा काम गरेबापत पारिश्रमिक नपाएको भन्दै पत्रकारहरु आन्दोलित भएका छन् । नेपाल पत्रकार महासंघको अगुवाईमा पत्रकारहरुले बुधबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । प्रदर्शनलाई सम्बोधन गर्दै पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले सञ्चारगृह सञ्चालकले पत्रकारको मर्म नबुझेका कारण आन्दोलन गर्न बाध्य भएको बताउनुभयो ।

आगामी दिनमा श्रमको मूल्य नतिर्ने सञ्चारगृहका सञ्चालकहरुको घरमै पुगेर धर्ना बस्न बाध्य हुने उहाँले चेतावनी दिनुभयो । विष्टले श्रमजीवी ऐन लागू गर्न सरकारसँग माग पनि गर्नुभयो । श्रमजीवी ऐनमा समस्या भए र संशोधन आवश्यक भए महासंघ छलफल गर्न तयार रहेको उहाको भनाई छ ।

प्रदर्शनमा पत्रकारहरुले ’श्रमजीवी पत्रकार ऐन कायम गर’, ’पेसागत आन्दोलन रक्षाका लागि आन्दोलन जारी छ’, ’हामी पत्रकार, चाहन्छौं श्रम अधिकार’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू