अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१३ | Colorodo: 01:28

चिप्लिएर घाँसे मैदानमा पुगेको श्री एअरलाइन्सको जहाजलाई पार्किङ क्षेत्रमा लगियो

बिआरटीनेपाल २०७८ असोज १९ गते ८:१८ मा प्रकाशित

त्रिभुवन विमानस्थलको पार्किङ क्षेत्र नजिकै चिप्लिएर घाँसे मैदानमा पुगेको श्री एअरलाइन्सको जहाजलाई पार्किङ क्षेत्रमा ल्याइएको छ ।आज मङ्गलवार बिहान पार्किङ क्षेत्रबाट रनवेमा जाने क्रममा चिप्लिएर एउटा पाङ्ग्रा घाँसे मैदानमा पुगेको जहाजलाई निकालेर पार्किङ क्षेत्रमा ल्याइएको श्री एअरलाइन्सका प्रबन्धक अनिल मानन्धरले जानकारी दिनुभयो ।

जहाज पार्किङ क्षेत्र नजिकै चिप्लिएकाले अन्य उडान भने प्रभावित भएका थिएनन् । ८० जना यात्रुलाई अर्को जहाजबाट नेपालगञ्ज पठाइएको छ । चिप्लिएको जहाज ठिकठाक रहेको र नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएपछि उडान सुरु गर्ने मानन्धरले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू