अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४६ | Colorodo: 11:01

नेपाल–चीन सीमा सम्झौता भएको ६० वर्ष पुरा, विवाद नभएको राजदूत यान्छीको दाबी

बिआरटीनेपाल २०७८ असोज १९ गते ८:१५ मा प्रकाशित

नेपाल–चीन सीमा सम्झौता भएको ६० बर्ष पुगेको छ । यसै अवसरमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल–चीन सीमा विवादमुक्त भएको बताउनुभएको छ ।दुई देशबीच सीमा सम्झौतामा हस्ताक्षर भएको ६० वर्ष पुगेको अवसरमा ट्वीट गर्दै उहाँले सीमा विवादमुक्त भएको बताउनुभयो । ६० वर्ष अघि देखिनै दुई देशबीच सीमासम्बन्धी कुनै विवाद नरहेको भन्दै यो मित्रताको आधार र आपसी फाइदाजनक सहकार्यको सेतु बनेको राजदूत यान्छीले उल्लेख गर्नुभएको छ ।

गृह मन्त्रालयले हुम्लाको नाम्खा गाउँपालिकाको लिमि क्षेत्रमा उब्जिएको सीमालगायत केही विषयमा द्वीपक्षीय सहकार्य गरेर समस्या समाधान गर्न आग्रह गर्दै परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको चर्चा भइरहँदा राजदूत यान्छीको ट्वीट आएको हो । सरकारद्वारा जयनारायण आचार्यको नेतृत्वमा गठित सीमा क्षेत्रसम्बन्धी अध्ययन समितिले बुझाएको प्रतिवेदनमा उल्लेख गरिएको सुझावका आधारमा परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिएको थियो । समितिले असोज १० गते गृहमन्त्री बालकृष्ण खाँणलाई अध्ययन प्रतिवेदन बुझाएको थियो ।।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू