अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२५ | Colorodo: 00:40

चीनसँग जोडिएको हुम्ला सीमाबारे परराष्ट्रलाई गृहको पत्राचार

बिआरटीनेपाल २०७८ असोज १९ गते ८:०३ मा प्रकाशित

चीनसँग सीमा जोडिएको हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमाबारे गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । गृह मन्त्रालयले पछिल्लो पटक सरकारद्वारा जयनारायण आचार्यको नेतृत्वमा गठित सीमा क्षेत्र सम्बन्धी अध्ययन गर्न गठित समितिले बुझाएको प्रतिवेदनको सुझावको आधारमा परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिएको हो ।

गृह मन्त्रालयका सह–प्रवक्ता दिलकुमार तामाङले समितिले दिएको सुझावको आधारमा परराष्ट्र मन्त्रालयलाई सोमबार पत्राचार गरिसकेको जानकारी दिनुभयो । गृहले पत्रका साथै समितिले तयार पारेको प्रतिवेदनलाई परराष्ट्रमा समेत पठाइएको छ । स्रोतका अनुसार सीमा क्षेत्रमा उब्जेका केहि विषयहरुमा द्विपक्षीय सहकार्य गरेर समाधान गर्न समितिले सुझाव दिइएको छ ।

समितिले असोज १० गते गृहमन्त्री बालकृष्ण खाँणलाई अध्ययन प्रतिवेदन बुझाएको थियो । उक्त समितिमा नापी विभागका उपमहानिर्देशक सुशील डंगोल, नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक प्रदीपकुमार पाल र राष्ट्रिय अनुसन्धान विभागका सह–अनुसन्धान निर्देशक कुशोरकुमार श्रेष्ठ सदस्य हुनुहुन्थ्यो । उक्त टोली भदौ २५ मा स्थलगत अध्ययनको लागि हुम्ला गएको थियो । असोज २ गते उक्त अध्ययन टोलीले काठमाडौं पुगेर प्रतिवेदन लेखेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू