अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२८ | Colorodo: 09:43

नेपालमा थप १०७८ कोरोना संक्रमित भेटिए , १२ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ असोज १४ गते ८:१० मा प्रकाशित

पछिल्लो २४ घण्टामा देशभर १०७८ जना कोरोना संक्रमित थपिएका छन् ।८ हजार ५५५ जनाको पीसीआर परीक्षण गर्दा ८९८ र ३ हजार २१० जनाको एन्टिजेन परीक्षण गर्दा १८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार १३५ पुगेको छ ।

त्यस्तै बिहीबार ९११ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या १८ हजार १६८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू