अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२१ | Colorodo: 13:36

महालेखा परीक्षकको ५८ औँ वार्षिक प्रतिवेदन संसदमा पेश 

बिआरटीनेपाल २०७८ असोज १४ गते ७:४१ मा प्रकाशित

महालेखा परीक्षकको ५८ औँ वार्षिक प्रतिवेदन संसदमा पेश भएको छ । आज बसेको प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ एमाले सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए । सभामुख अग्नि सापकोटाले संसद निर्वाध रुपमा चलाउनका लागि सहयोग गर्न पटकपटक आग्रह गर्नुभएको थियो ।

तर एमाले सांसदहरूले नाराबाजी गर्न नछोडेपछि सभामुखले प्रधानमन्त्रीको तर्फबाट महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन पेश गर्न कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समय दिनुभयो । उहाँले प्रतिवेदन पेश गरे लगत्तै संसद बैठक यही असोज १९ गतेसम्म लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू