अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३८ | Colorodo: 11:53

प्रतीक्षा शुक्ला मिस नेपाल युएस २०२१ घोषित

बिआरटीनेपाल २०७८ असोज ११ गते ८:३६ मा प्रकाशित

‘मिस नेपाल युएस २०२१’ को उपाधि प्रतीक्षा शुक्लाले जितेकी छन् । शनिवार अमेरिकाको न्यूयोर्कमा आयोजित प्रतियोगिताको अन्तिम स्पर्धामा उनी १० प्रतियोगीलाई पछि विजेता घोषित भएकी हुन् ।

प्रतियोगितामा फष्टअनरअप कला न्यौपाने र सेकेन्ड रनरअप विजेता अलिशा लिम्बु भए । सम्पन्न प्रतियोगिता ‘मिस नेपाल युएस’को १० औँ संस्करण हो । जसमा अमेरिकाको विभिन्न राज्यबाट प्रतियोगी सहभागी भएका थिए ।

प्रतियोगिताको शीर्ष दश स्थानमा अपेक्षा सिंह गुरुङ परियार, कला न्यौपाने, प्रतीक्षा शुक्ला, प्रतिशा प्रधान, प्रितिजा जैसी, रीया श्रेष्ठ, सुनिता अधिकारी, सान्यमिता श्रेष्ठ ,सोन्याषा थापा तथा अलिशा लिम्बु पुगेका रहेका थिए ।

न्यूयोर्कको क्विन्स थेटर (नाट्यकला)मा आयोजना भएको कार्यक्रममा सहभागी अगाडी प्रतियोगीको कोभिड–१९ परीक्षण गरिएको थियो । प्रतियोगिता २०११ मा न्यु योर्क सहरबाट अमित शाहले सुरु गरेका थिए । पहिलो मिस नेपाल युएसको उपाधि सुजिता बस्नेतले जितेकी थिइन् ।

प्रतिक्रिया