अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१८ | Colorodo: 11:33

राजदूत डा. खतिवडा र कोलोराडो गभर्नर पोलिसबिच भेट

बिआरटीनेपाल २०७८ भदौ २९ गते ९:०७ मा प्रकाशित

कोलोराडो । अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडा र कोलोराडोका गभर्नर जेराड पोलिसबिच गभर्नर निवास डेनभरमा शिष्टाचार भेट भएको छ ।

राजदूत खतिवडाले गभर्नर पोलिसलाई गत शुक्रबार भेटेका हुन् । भेटमा दुई पक्षीय हितका विषयमा कुराकानी भएको छ । भेटमा संसदीय ककस पुनः सुचारु गर्ने, नेपालको आर्थिक हितमा अमेरिकी सहयोग, कोलोराडोमा बसोबास गरिरहेका नेपाली समुदायको हित, डेनभरमा नेपाली सांस्कृतिक केन्द्र स्थापनामा सहयोग लगायतका विषयमा कुराकानी भएको थियो ।

भेटघाटमा नेपाल एम्बेसीका द्वितीय सचिव उत्तम घिमिरे, तृतीय सचिव राधा रमण दुवे, नेपाली घरका अध्यक्ष लछुमन राना, उपाध्यक्ष जगादिशचन्द्र ढकाल, बिआरटी नेपाल डट कमका कार्यकारी सम्पादक शैलेश पोखरेल, एनआरएन कोलोराडो च्याप्टर अध्यक्ष आर सी पन्त, बोर्ड अफ डाइरेक्टर सुशील दाहाल, निमा शेर्पा, पर्यटन दूत साबु गदाल कार्की तथा साहित्यकार तथा सामाजिक अभियन्ता डा. विजयराज शर्माको उपस्थित थिए ।

डा. विजयराज शर्माले एनआरएन कोलोराडो च्याप्टर, नेपाली घर तथा बिआरटी नेपाल डट कमले तयार पारेको अनुरोध पत्र गभर्नर पोलिसलाई पढेर सुनाउनुका साथै हस्तान्तरण गरेका थिए ।

त्यस अनुरोध पत्रमा नेपाली समुदाय भवनको लागि सहयोगको लागि पहल गर्न अनुरोध साथै कोलोराडोमा ड्राइभिङ लाइसेन्सको पुस्तिका र परीक्षा नेपाली भाषामा पनि समावेश गरिदिन अनुरोध गरिएको थियो । त्यस अनुरोध पत्रमा सम्पूर्ण कोलोराडो नेपाली भाषीको तर्फबाट नेपाली घरका अध्यक्ष लछुमन राना, बिआरटी नेपाल डट कमका कार्यकारी सम्पादक शैलेश पोखरेल, एनआरएन कोलोराडो च्याप्टर अध्यक्ष आर सी पन्तले हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू