अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५६ | Colorodo: 13:11

१२ औँ वार्षिक उत्सव भव्यताका साथ सम्पन्न

बिआरटीनेपाल २०७८ असार २८ गते २२:२६ मा प्रकाशित

विश्व भुटानी साहित्यिक सङ्गठनले विभिन्न कार्यक्रम गरी आपनो १२ औँ वार्षिक उत्सव भव्य रूपमा मनाएको छ । संसारभरि छरिएर रहेका भुटानी साहित्यकार तथा साहित्य प्रेमीहरूको सङ्गठन जिबिएलओले ओहायो राज्यमा एक साहित्यिक कार्यक्रम आयोजना गरेर रचना वाचन, पुस्तक विमोचन साथै सम्मान तथा पुरस्कार वितरण गरेर १२ औँ स्थापना दिवस मनाएको हो ।

वरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराईको प्रमुख आतिथ्य तथा कर्ण गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पण गरी कार्यक्रमको श्रीगणेश गरिएको थियो ।

कार्यक्रममा साहित्यकार शेखर कोइराला चन्द्रको गजल सङ्ग्रह “प्रेमाश्रु” को विमोचन समेत गरिएको जिविएलओका सचिव लीला अधिकारीले जानकारी दिनुभयो ।

त्यसै गरी कार्यक्रममा “दिनेश चाम्लिङ राई स्मृति युवा पुरस्कार” बाट नर्वे निवासी रमेश गौतमलाई $१००१ धनराशिले पुरस्कृत गरिएको थियो । साथै कार्यक्रममा एल.सी.ओ.बि, मातृभाषा संरक्षण समूह अमेरिका, त्रिवेणी साहित्य मञ्च हेरिस्वर्ग, एस एण्ड के एजुकेसन, युनाईटेड फेमिलि होम हेल्थ केयर, हिमालयन म्युजिक एकेडेमी, विश्व भुटानी सङ्गठन लगायत आधा दर्जन स्रष्टालाई सम्मान पत्र दिएर सम्मान गरिएको थियो ।

ज्ञान बहादुर क्षेत्री, सुरेन्द्र परदेशी, गोविन्द गिरि प्रेरणा, विजय हायतन, पूर्ण नर्जाली, गण्डकी पुत्र लगायतका सष्टहरु कार्यक्रममा जोडिनु भएको थियो ।

कार्यक्रममा जिबिएलओले अनलाइन माध्यमबाट सञ्चालन गरेको नेपाली भाषा कक्षाको परीक्षाफल प्रकाशन गरेको थियो भने भूटनिज अमेरिकन म्युजिक एसोसिएसन को तर्फबाट गायक तथा सङ्गीतकार अर्जुन रसाइलीको नेतृत्वमा भ्वाईस अफ नेपालको प्रतिस्पर्धामा रहेका गायक किरण गजमेरलाई जिताउन सबैसँग आग्रह गरिएको थियो ।

दोस्रो दिनको सत्रमा संगठनले भावी दिन आउन सक्ने चुनौती, भावी कार्यक्रम र हुँदै गरेका गतिविधि सम्बन्धी छलफल गरेको थियो भने कार्यक्रमलाई स्रष्टा भ्रमण गरेर औपचारिक रूपमा समापन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू