अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२९ | Colorodo: 12:44

सक्दो छिटो खोप पाउने वातावरण मिलाइदिन अमेरिकालाइ नेपालको आग्रह

बिआरटीनेपाल २०७८ वैशाख ३० गते ८:१० मा प्रकाशित

उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाललाई सक्दो छिटो खोप पाउने वातावरण मिलाइदिन नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीलाई आग्रह गर्नुभएको छ । आज राजदूतसँग टेलिफोनमा कुरा गर्दै उपप्रधानमन्त्री पोखरेलले कोराना भाइरसको तीव्र फैलावट रोक्न अमेरिकी सरकारबाट खोप सहयोग चाहेको बताउनुभयो ।

त्यस्तै भेन्टिलेटर, पीपीई, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि, खोप र खोपसँग सम्बन्धित सामग्री, अस्थायी अस्पतालका लागि आवश्यक पूर्वाधारको पनि सहयोग आशा गरेको मनत्री पोखरेलले बताउनुभएको उहाँको सचिवालयले जनाएको छ । जवाफमा अमेरिकी राजदूत बेरीले अर्को सातासम्म नेपालमा अमेरिकी सरकारका तर्फबाट स्वास्थ्य सामग्री सहयोग गरिने जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू