अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०८ | Colorodo: 08:23

नयाँ सरकार गठन प्रक्रियाबारे अन्योलमा माओवादी केन्द्र

बिआरटीनेपाल २०७८ वैशाख ३० गते ८:०६ मा प्रकाशित

माओवादी केन्द्रले झलनाथ खनाल र माधवकुमार नेपालको औपचारिक निर्णयपछि मात्रै नयाँ सरकार गठन प्रक्रियाबारे निर्णय गर्ने जनाएको छ । आकस्मिक रुपमा बसेको सो पार्टीको स्थायी समिति बैठककै बीचमा निस्केर नेता नारायणकाजी श्रेष्ठले खनाल नेपाल समूहको निर्णयपछि मात्रै सरकार गठनबारे औपचारिक धारण सार्वजनिक गर्ने बताउनुभएको छ ।

नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षको निर्णय पर्खेर बसेको उल्लेख गर्दै उहाँले उनीहरुको धारणा स्पष्ट भएपछि मात्रै नयाँ सरकार गठनको प्रक्रियामा जाने कि नजाने को विषयमा औपचारिक निर्णय गर्ने बताउनुभएको छ । तर, माधव झलनाथ खनाल समुहले तत्काल राजिनामा नगर्ने भएको छ भने बहुमतीय सरकारको संभावना समेत लगभग टरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू