अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३४ | Colorodo: 09:49

नेपालमा मानवीय सङ्कटकाल घोषणा गरेर अन्तर्राष्ट्रिय सहयोग माग्न परराष्ट्रविद् आचार्यको सुझाव

बिआरटीनेपाल २०७८ वैशाख ३० गते २:४९ मा प्रकाशित

परराष्ट्रविद् मधुरमण आचार्यले देशमा मानवीय सङ्कट घोषणा गरी अन्तर्राष्ट्रिय स्तरमा सहयोग माग्न सरकारलाई सुझाव दिनुभएको छ ।

आचार्यले ट्विटरमार्फत परराष्ट्रमन्त्रीलाई सम्बोधन गर्दै अन्तर्राष्ट्रिय सहयोगका लागि पहल गर्न आग्रह गर्नुभएको हो । उहाँले मित्र राष्ट्रहरूबाट के कति सहयोग चाहिएको हो सूची तयार गर्न, सहयोगको लागि सरकार प्रमुख तहमा पत्र पठाउन, नेपालमा रहेका विदेशी नियोग प्रमुखहरू डाकेर अवस्थाबारेमा जानकारी गराउन र आफ्ना राजदूत पनि परिचालन गर्न सुझाव दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू