अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:११ | Colorodo: 08:26

माधव नेपालसहित ४ नेताको निलम्बन फुकुवा गर्ने एमाले स्थायी कमिटी बैठकको निर्णय

बिआरटीनेपाल २०७८ वैशाख २९ गते २३:५२ मा प्रकाशित

नेकपा एमालेको बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले बरिष्ठ नेता माधव नेपालसहित ४ नेतामाथि गरेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ । नेपालसहित उहाँ पक्षीयनेताहरु घनश्याम भुसाल, भीम रावल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फुकवा गरिएको स्थायी समिति सदस्य सुवास नेम्वाङले जानकारी दिनुभयो ।

नेकपाबाट छुट्टिएर एमाले भएपछि समानान्तर गतिविधि गरेको र पार्टी निर्देशन उल्लंङ्घन गरेको भन्दै यसअघि नेपाल पक्षीय नेताहरुलाई पार्टीबाट निलम्बन गरिएको थियो । पार्टी एकता जोगाउन भन्दै नेपाल पक्षका नेताहरुमाथिको निलम्बन फुकुवा गरिएको बताईएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू