अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५७ | Colorodo: 18:12

एमाले स्थायी समितिको बैठक जारी, माधव पक्षका नेताहरु उपरको कारवाही फिर्ता हुनसक्ने

बिआरटीनेपाल २०७८ वैशाख २९ गते २३:३६ मा प्रकाशित

नेकपा एमालेको स्थायी कमिटीको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा अहिलेको राजनीतिक अवस्था र पार्टीको असन्तुष्ट पक्षलाई मनाउने विषयमा छलफल भइरहेको छ ।

माधव नेपाल पक्षका सांसदले राजीनामा दिएर कांग्रेस नेतृत्वको सरकारलाई सघाउने चर्चा चलिरहेकाले बैठकले नेपाल पक्षका नेतालाई गरेको कारबाही फिर्ताको निर्णय गर्न सक्ने एक नेताले बताएका छन् । स्थायी कमिटीको बैठक चलिरहँदा ओली पक्षका नेता विष्णु पौडेल माधवकुमार नेपाललाई भेट्न उहाँकै निवास जानुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू