अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१३ | Colorodo: 09:28

जसपा नेताद्धय ठाकुर र महतोको राष्ट्रपति भण्डारीसंग भेट, उपेन्द्र यादवको सिफारिसलाई पार्टीको निर्णय नमान्न आग्रह

बिआरटीनेपाल २०७८ वैशाख २९ गते ७:५९ मा प्रकाशित

जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर आफ्नो पार्टी वैकल्पिक सरकारको पक्षमा नरहेको जानकारी गराउनुभएको छ । राष्ट्रपति भवन शितल निवास पुगेर ठाकुर र महतोले अर्का अध्यक्ष उपेन्द्र यादवले सरकार गठनका लागि पार्टीको सिफारिस ल्याएमा नमान्न समेत आग्रह गरेको बताईएको छ । यादव दोस्रो वरियताको अध्यक्ष भएको र निर्वाचन आयोगमा समेत ठाकुरकै हस्ताक्षर चल्ने जानकारी ठाकुर र महतोले राष्ट्रपतिलाई गराएका छन् ।

तर जसपाको विधानमा अध्यक्षहरुको वरियता नतोकिएको यादव पक्षीय नेताहरुको भनाई छ। जसपका अध्यक्ष ठाकुर र महतो प्रधानमन्त्री केपी ओलीकै निरन्तरताको पक्षमा छन् भने अर्का अध्यक्ष यादव कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा छन्। स्रोतका अनुसार राष्ट्रपतिलाई भेट्नु अघि ठाकुर र महतो दुवैले प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भेट गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू