अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२९ | Colorodo: 19:44

कोरोनाका कारण नेपालको अवस्था भारतको भन्दा गम्भीर, संक्रमण दर दोब्बरले बढी

बिआरटीनेपाल २०७८ वैशाख २९ गते ७:५६ मा प्रकाशित

गएको हप्ताको तुलनामा यो हप्ता नेपालमा कोराना भाइरसको संक्रमण झण्डै ५१ प्रतिशतले बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४४ वटा जिल्लामा कोरोना भाइरसको संक्रमण व्यापक रूपमा फैलिएको छ । प्रति लाख जनसंख्यामा १०जनाभन्दा बढीमा संक्रमण भएको पाइए व्यापक रूपमा संक्रमण फैलिएको भनिन्छ । यस्तै भारतमा भन्दा नेपालमा अवस्था गम्भीर बन्दै गएको डाक्टरले बताएका छन् । दैनिक संक्रमित संख्याको आधारमा प्रति १० लाख जनसंख्यामा नेपालमा ३ सय ४ जनामा सङ्क्रमण देखिएको छ भने भारतमा यो दर २ सय ४० छ ।

यस्तै मृत्युदर पनि भारतमा भन्दा नेपालमा धेरै छ । भारतमा प्रति १० लाख जनसंख्यामा २ दशमलव ५ प्रतिशत छ भने नेपालमा ३ दशमलव ३ प्रतिशत छ । यसैगरी संक्रमितको संख्या भारतमा भन्दा नेपालमा दोब्बरले बढेको डाक्टर अर्चना श्रेष्ठले बताउनुभयो । यसले नेपालको अवस्था भारतको भन्दा नाजुक रहेको देखिएको छ ।

डाक्टर श्रेष्ठले सङ्क्रमितको अहिलेको अवस्थालाई हेर्दा समुदायमा यो भन्दा धेरै सङ्क्रमित हुन सक्ने देखिएको बताउनुभयो । कोरोनाको संक्रमण नेपालमा बढ्दै गएकाले संक्रमण दर घटाउन सङ्क्रमितले विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ । ज्वरो आए, खोकी लागे वा शरीर दुखे तुरुन्त स्वास्थ्य परीक्षण गराउन पनि डाक्टरको सुझाव छ । यस्तै कट्याक्ट ट्रेसिङमा परेकाहरूले पनि तुरुन्त परीक्षण गराउनु पर्ने डाक्टरको भनाइ छ । बेलैमा कन्ट्याक्ट ट्रेसिङ भएर परीक्षण भएमा ८५ प्रतिशत संक्रमण फैलनबाट रोक्न सकिने डाक्टरले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू