अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४४ | Colorodo: 17:59

“नेपालको स्वास्थ्य प्रणाली धान्नै नसक्ने अवस्थामा पुग्यो” डा. चन्द्रमणि अधिकारी

बिआरटीनेपाल २०७८ वैशाख २८ गते ८:२८ मा प्रकाशित

शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डाक्टर चन्द्रमणि अधिकारीले नेपालको स्वास्थ्य प्रणाली धान्नै नसक्ने अवस्थामा पुगेको भन्दै स्वास्थ्य नीति परिर्वतन गर्न सुझाव दिनुभएको छ । काठमाण्डौ महानगरपालिकाले मङ्गलवार काठमाण्डौभित्र भएका डेडिकेटेड कोभिड अस्पतालका प्रमुखसँग गरेको छलफलमा डाक्टर अधिकारीले स्वास्थ्य प्रणाली धान्नै नसक्ने अवस्थमा पुगेको बताउनुभएको हो ।

सरकारले कोभिड १९ उपचारका लागि तोकेका अस्पतालले सङ्क्रमितको उपचारको जिम्मा लिन नसकेको, अस्पतालमा बेड संख्या बढाउने कार्य भाषणमा मात्रै सीमित भएको र जिम्मेवार निकायले दायित्व पूरा गर्न नसकेका कारण कोभिड सङ्क्रमित लगायत समग्र स्वास्थ्य उपचारको स्थिति जटिल बन्दै गएको उहाँले बताउनुभएको हो ।

उहाँले उपचारका लागि नीति परिर्वतन गर्नुपर्ने आवश्यकता पनि औल्याउनुभउको छ । बेड बढाउने विषय नै मुख्य व्यवस्थापन रहेको भन्दै उहाँले ७० वर्षमाथिकालाई भेन्टिलेटरमा नराख्ने भन्ने निर्णय लिनुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले वीर अस्पताल एक वर्षसम्म किन सञ्चालन गर्न सकिएन भनीप्रश्न गर्नुभयो । सबै अस्पतालमा भेन्टिलेटर, इन्टेन्सिभ केयर युनिट (आईसीयू), हाई डिपेन्डेन्सी युनिट (एचडीयू) बिरामीले भरिएको अवस्था रहेकाले तत्काल अन्य कोभिडका बिरामीको उपचार गर्न सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू