अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४४ | Colorodo: 17:59

सबै क्रिकेट गतिविधि बन्द गर्ने क्यानकाे निर्णय

बिआरटीनेपाल २०७८ वैशाख १७ गते ९:१३ मा प्रकाशित

काेराेना भाइरस सङ्क्रमणलाई मध्यनजर गर्दै नेपाल क्रिकेट सङ्घ (क्यान) ले सबै क्रिकेट गतिविधि अनिश्चित समयसम्मका लागि स्थगित गरेको छ ।

क्यानले शुक्रवार एक सूचना प्रकाशित गर्दै अर्को सूचना नआएसम्मका लागि सबै क्रिकेट गतिविधि बन्द गर्ने निर्णय गरेको हाे ।

क्यानले राष्ट्रिय प्रतियोगिता, जिल्ला छनोट, प्रादेशिक प्रतियोगिता तथा विभिन्न देशसँग तय भएका शृङ्खलाहरू तत्कालका लागि स्थगित गरिएको जनाएको हो । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाण्डौ उपत्यकामा बिहीवारदेखि निषेधाज्ञा लागू भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू