अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०३ | Colorodo: 19:18

कोभिसिल्ड भ्याक्सिन उत्पादनका लागि अमेरिकाले भारतलाई कच्चा पदार्थ आपूर्तिमा सहयोग गर्ने

बिआरटीनेपाल २०७८ वैशाख १३ गते ८:५३ मा प्रकाशित

कोरोना विरुद्धको कोभिसिल्ड भ्याक्सिन उत्पादनका लागि अमेरिकाले कच्चा पदार्थ आपूर्तिमा सहयोग गर्ने भएको छ ।

अमेरिकाका राष्ट्रपति जो बाइडेनले ट्वीट गर्दै महामारीको सुरुमा भारतले अमेरिकालाई आवश्यक सहयोग गरेकाले अहिले आफूहरुले सहयोग गर्न चाहेको र भ्याक्सिन उत्पादनका लागि आवश्यक कच्चा पदार्थ आपूर्तिमा सहयोग गर्ने जानकारी दिनुभयो ।

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवन र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबीच भारतमा कोरोना सङ्क्रमणदर बढ्दो क्रममा रहेकाबारे फोनमा कुराकानी भएलगत्तै राष्ट्रपति बाइडेनले कच्चा पदार्थ उपलब्ध गराउने बताउनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू