अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२७ | Colorodo: 08:42

नयाँ वर्षमा पोखरा घुम्न आउनेको भीडभाड

बिआरटीनेपाल २०७८ वैशाख १ गते ८:१६ मा प्रकाशित

पोखरामा नयाँ बर्ष मनाउन आउनेहरुको भीड बढेको छ । कोरोना भाइरस संक्रमणको दोश्रो लहरको जोखिममध्येको सहर पोखरा परेको भन्दै सरकारले सचेत हुन आग्रह गरिरहेपनि त्यसको वेवास्ता गर्दै पर्यटकीय सहर पोखरा नेपाली नयाँ वर्षमा मस्त रमाएको छ ।

पोखराको लेकसाईड आन्तरिक पर्यटकले भरिभराउन भएको हो । मंगलबार बेलुकी नयाँ बषृको पुर्वसन्ध्यामा रमाउन लेकसाइड गएका थिए । ती बाहेक बाहिरबाट भित्रिएका पाहुना र उनीहरु सवार सवारीको लामले पोखरामा भीड बढाएको हो । आन्तरिक पाहुनाको भीडभाडले पोखरा नै ‘कोरोना फ्रि’ जस्तै देखिएको छ ।

सर्वसाधारणले लकडाउन अवधिमा कडाईका साथ घरभित्र बसेर सहयोग गरेको भएपनि त्यो बेला गुम्सिएको अवस्थाको परिणाम अहिले पोखरामा खुलापन बढेको बताईएको छ । कोरोनाको त्रास भन्दा पनि व्यवसायको चेपुवामा रहेका व्यवसायी पाहुनाको आगमनले राहत महसुस गरेका छन् । होटेल ब्यवसायीका अनुसार अनुसार नयाँवर्षका अवसरमा भित्रिएका आन्तरिक पाहुनाका कारण होटल र रेस्टुरेन्टमा केही चहलपहल बढेको छ ।

तर, पाहुनाले मास्क नलगनउने र भौतिक दुरी समेत कायम नगर्दा कोरोना संक्रमणलाई थप बल पुगेको जानकारहरु बताउछन् । लेकसाइडमा नयाँवर्ष मनाउन आउनेको भीडले व्यवसायमा चमक थपेपनि कोरोनाको जोखिम समेत बढेको छ । नयाँ बर्षको शुरुवातसंगै पोखराका मन्दिर, पार्क, रेस्टुरेन्ट्मा भीडभाड बढेको छ ।

प्रतिक्रिया