अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१७ | Colorodo: 16:32

सङ्गीत पत्रकारिता पुरस्कारबाट सूर्य चन्द सम्मानित

बिआरटीनेपाल २०७७ चैत २७ गते ८:३५ मा प्रकाशित

काठमाडौँ । विगत लामो देखि रङ्ग पत्रकारिता क्षेत्रमा कलम चलाउँदै आएका युवा पत्रकार सूर्य चन्द गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति सम्माननीय परमानन्द झाको हातबाट सम्मानित भएका छन् । पावर इन्टरनेशनल मिडिया नेपालको आयोजनामा सम्पन्न भएको ‘चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड-२०७७’ मा लामो समय देखि रङ्ग पत्रकारिताको माध्यमबाट गीत सङ्गीतको क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै प्रमुख अतिथि सम्माननीय परमानन्द झाको हातबाट रु.५,५०० नगद राशि सहित ‘सङ्गीत पत्रकारिता पुरस्कार’ प्रदान गरिएको थियो ।

लामो समय देखि निष्ठा र समर्पणभाबका साथ रङ्ग पत्रकारिता मार्फत सञ्चार क्षेत्रमा साधनारत रही सत्य तथ्य सूचनामूलक समाचारहरू प्रवाह गरी नेपाली नागरिक समाज तथा आम पाठक समक्ष समर्पित रहदै आएको र समाजमा रहेका विकृति विसङ्गति विरुद्ध विभिन्न सञ्चार गृहमा आबद्ध भई पत्रकारिताको माध्यमबाट आम नेपाली पाठक माझ सचेतना फैलाउँदै सभ्य समाज निर्माणमा प्रशंसायोग्य कार्य गर्दै आएको योगदानको कदर स्वरूप तथा महत्त्वपूर्ण सेवा भाव लगन तथा कर्तव्यनिष्ठका साथ नेपाली सञ्चार क्षेत्रको संरक्षण, संवर्द्धन र विकासको निमित्त निरन्तर गरेको अतुलनीय योगदानको उच्च कदर गर्दै सञ्चारकर्मी सूर्य चन्दलाई “पीम नेपाल सङ्गीत पत्रकारिता पुरस्कार-२०७७” द्वारा सम्मान प्रदान गरिएको थियो ।

उक्त ‘चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड-२०७७’ अवसरमा दीर्घ साधना सम्मानबाट वरिष्ठ सङ्गीतकार राजु सिंह र रजत सम्मानबाट गायक तथा सङ्गीतकार कनैया सिंह परियारलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया