अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०५ | Colorodo: 19:20

कोरोना सङ्क्रमणबाट विश्वभर २ हजार ३ सय ३२ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ चैत १० गते ७:५७ मा प्रकाशित

आज विश्वमा कोरोना सङ्क्रमणवाट २ हजार ३ सय ३२ जनाको मृत्यु भएको छ भने ९३ हजार ५ सय २३ जना नयां सङ्क्रमित थपिएका छन् । कोरोना सङ्क्रमणको तथ्याँक सार्वजनिक गर्दै आएको वल्ड्रो मिटरका अनुसार अहिले विश्वमा १२ करोड ४३ लाख ८२ हजार ९ सय ३० जना कोरोनाबाट सङ्क्रमित भइसकेका छन् ।

त्यस्तै विश्वमा २७ लाख ३७ हजार ४ सय ३७ जनाको कोरोना सङ्क्रमणवाट मृत्यु भैसकेको छ भने ९० हजार ५ सय ८५ जना सङ्क्रमितको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै विश्वभर संक्रमणबाट मुक्त भएर घर फर्किनेको संख्या १० करोड ३ लाख ६० हजार ५ सय ७१ पुगेको छ । महामारीबाट सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ ।

अमेरिकामा सक्रमणबाट ५ लाख ५५ हजार ९ सय ४५ जनाको मृत्यु भैसकेको छ भने ३ करोड ५ लाख ७६ हजार ९ सय ६२ जना सङ्क्रमित भैसकेका छन् । अमेरिकापछि ब्राजिलमा २ लाख ९५ हजार ६ सय ८८ जनाको मृत्यु भएको छ भने, भारतमा हाल सम्म १ लाख ६० हजार २ सयको मृत्यु भएको छ । भारतमा आज ४ सय ६६ जना नयाँ सङ्क्रमित थपिएका छन् । भारत पछि रसिया, बेलायत, फ्रान्स लगायतका मुलुकहरु बढी प्रभावित छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू