अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५९
| Colorodo: 01:14
विश्वभर कोरोना भाइरस कोभिड १९ का कारण २७ लाख २९ हजार मानिसको मृत्यु भएको छ । हाल सम्म कोरोनाका कारण विश्वभर १२ करोड ३९ लाख ४६ हजार मानिस सङ्क्रमित भएका छन् । यस्तै विश्वभरि नै कोरोना भएर पनि ९ करोड ९८ लाख ६७ हजार भने उपचार पछि निको भएका छन् ।
अमेरिकामा सङ्क्रमित हुनेको सङ्ख्या ३ करोड नाघेको छ भने ५ लाख ५५ हजार मानिसको मृत्यु भएको छ । ब्राजिलमा २ लाख ९४ हजार मानिसको कोरोनाको कारण मृत्यु भएको छ । यस्तै भारतमा मात्रै १ लाख ६० हजारको कोरोनाकै कारण मृत्यु भएको छ ।
बेलायतमा १ लाख २६ हजारको मृत्यु भएको छ भने हाल सम्म रसियामा ९५ हजार ३ सय ९१ ज्नाको मृत्यु भएको छ । इटलीमा भने १ ला ४९ हजारको मृत्यु भएको छ ।