अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२५ | Colorodo: 18:40

गीतकार रविन पियाको मायामय गीतको भिडियो सार्वजनिक

बिआरटीनेपाल २०७७ फागुन २९ गते ११:११ मा प्रकाशित

गीतकार रविन पियाको मायामय गीतको भिडियो सार्वजनिक भएको छ । युगिन गायक दीप श्रेष्ठको कर्णप्रिय आवाजमा “मायामा धेरै धेरै बाँचिसके प्रतीक्षामा आँखा थकाइसके “ बोलको गीतको भिडियो टेक्ससको राजधानी अस्टिन, अमेरिकाबाट सार्वजनिक भएको हो ।

अनगिन्ती यथार्थहरूलाई आत्मसात् गर्दै गीतबाट भावनालाई बुलन्द गर्दै आएका गीतकार रविन पियाको यो गीतको भिडियो टेक्ससको अस्टिनमा छायाङ्कन भएको हो। जसमा सुबेचन श्रेष्ठ र सेलिका सुनार, डेल्मा सुनारको अलावा गीतकार रविन पियाको पनि स्वाभाविक अभिनय रहेको छ। निर्देशक बेबी फुयाँलको निर्देशन र अक्की शर्माको सम्पादन तथा ईनेश आर पियाको ग्राफिक्समा तयार भएको हो ।

छायाङ्कन भने, गीतकार पियाले नै गरेका हुन । नेपालका ख्यातिप्राप्त कार्टुन चित्रकार तथा फोटो पत्रकार समेत रहेका गीतकार पियाको गीतमा सुरेन्द्र मुखियाको सङ्गीत तथा सम्राट् थापाको एरेञ्ज रहेको छ ।

प्रतिक्रिया